बाजुरामा चेतन अयडीको हत्याकाे एक सातापछि दाहसंस्कार गरिदै

१२ मंसिर, बाजुरा । बाजुरामा अनेरास्वबियुका विद्यार्थी नेता चेतन अयडीको कुटपिटपछि हत्या गरिएकाे एक सातापछि दाहसंस्कार गरिने भएको छ।

हत्यारा पक्राउ नगरेसम्म शव नबुझ्ने अडानमा रहेका आफन्तले एक सातादिनपछि शव बुझेर दाहसंस्कार गर्न लागेका हुन् । अयडीको मंसिर ४ गते साँझ कुटपिटगरि हत्या गरिएको थियो । बयालगडा अस्पताल अछाममा लादै गर्दा बीचबाटोमै प्राण त्यागेका अयडीको शव जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

frontline

पोष्टमार्टम गरिएपनि शव बुझ्न आफन्तले मानेका थिएनन् । प्रहरी प्रशासनले पक्राउको ग्यारेन्टि र कारबाही प्रक्रिया अघि बढाइसकेको र क्षतिपूर्तिका लागि निर्णायक पहल सुरू गरेपछि आफन्तले शव बुझेर दाहसंस्कार गर्न लागेका हुन् ।

नेकपा एमालेको विद्यार्थी संगठनको केन्द्रीय राजनीतिमा सक्रिय अयडीको दाहसंस्कार भव्य रुपमा गर्न लागिएको छ । विद्यार्थी राजनीतिको योद्धा र बाजुराली राजनीतिको भविष्य बोकेको युवाको अन्त्येष्टि भव्यताका साथ गर्न लागिएको एमाले बाजुराका कार्यालय सचिव काशी बिकले बताउनुभएकाे छ ।

अयडीको शवलाई आज साेमबार बिहान श्रद्धाञ्जलीका लागि १० देखि ११ बजेसम्म खुला मञ्च मार्तडीमा राखिने भएको छ । भने श्रद्धाञ्जली सभापछि मार्तडीदेखि मौरेसम्म शव यात्रा गरिने भएकाे छ । मार्तडीदेखि करिब ३० किलोमिटर शव यात्रापछि पवित्र धाम मौरेमा दाहसंस्कार गरिने आफन्तले बताएका छन् ।

हजारौंको संख्यामा सर्वसाधारणको उपस्थितिमा शव यात्रा र अन्त्येष्टि गर्ने एमालेले तयारी गरेको छ । पार्टी संगठन बलियो पार्न खेलेको भूमिकाको उच्च सम्मानसहित दाहसंस्कार गर्न लागिएको हो ।

श्रद्धाञ्जली सभा र शव यात्रामा सिंगो पार्टी कमिटीका नेताहरु सहभागी हुने भएका छन् । दर्जनौं गाडी र मोटरसाइकलकाबीचमा गरिने शव यात्रामा पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, दयालबहादुर शाही, सहदेव बोगटी जिल्ला अध्यक्ष कालिबहादुर शाही, नेताहरु बसुन्धरा रोकाया, लालबहादुर ओली र पार्टी जिल्ला कमिटीका उपाध्यक्ष सचिव उपसचिवसहित सबै जनसंगठनका नेता कार्यकर्ता सहभागी हुने भएका छन् ।

यहि मंसिर ४ गते भएको संघ र प्रदेश सभा निर्वाचनका दिन बुथ कब्जा गर्न रोकेको आरोपसहित स्थानीय कांग्रेस कार्यकर्ताले कुटपिटगरि हत्या गरेका थिए । सोही दिनको बुथ केन्द्रमा भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको भने आफन्तले यस अघि नै दाहसंस्कार गरिसकेका छन् ।

अयडीको हत्याको आशंकामा आफन्तका तर्फबाट २२ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा किटानी उजुरी दिएका छन् । उजुरी दिएका मध्ये २ जना पक्राउ परेका छन् भने बाँकीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

शवको दाहसंस्कार गरेपनि हत्यारा पक्राउ र कब्जा गरिएका १६ वटा बुथको पुन: मतदान नगराएसम्म आफ्नो चरणवद्ध आन्दोलन भने जारी राख्ने नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here