समानुपातिकतर्फको मतपरिणाम ; कुन दलको कति पुग्यो ?

१२ मंसिर, काठमाडौं । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ ।

सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ ।

frontline

नेपाली कांग्रेसले समानुपातिकततर्फ २३ लाख ९६ हजार ९३ मत पाएको छ । यस आधारमा कांग्रेसले ३३ सिट पाउने छ ।

समानुपातिक तर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) माओवादी केन्द्रभन्दा अगाडि छ । रास्वपाले १० लाख ६२ हजार ९८० र माओवादी केन्द्र १० लाख ६१ हजार २०० मत पाएका छन् । यस आधारमा दुवै दलले समान १५/१५ सिट पाउने देखिन्छ ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ र जनता समाजवादी पार्टी -जसपा) नेपालले ४ सिट पाउने सम्भावना छ । राप्रपाले ५ लाख ४५ हजार १८८ र जसपाले ३ लाख २४ हजार ३१० मत पाएका छन् ।

हेर्नुहोस् समानुपातिक मतको विवरण

दलको नाम   कुल मत     पाउने सिट   
नेकपा एमाले२५३०२१४३५
नेपाली कांग्रेस२३९६०९३३३
रास्वपा१०६२९८०१५
माओवादी केन्द्र१०६१२००१५
राप्रपा५४५१८८
जसपा३२४३१०
जनमत२६१२१५
एकीकृत समाजवादी२५१४७६
कुल सदर मत९८८९७१६ 

जनमत पार्टी र एकीकृत समाजवादी थ्रेसहोल्डको सीमा कटाउन प्रयासरत छन् । कूल सदर मतको ३ प्रतिशत मत नपाउने दलले थ्रेसहोल्ड कटाउँदैनन् र थ्रेसहोल्ड नकटाउने दलले समानुपातिकमा कुनै हिस्सा पाउँदैनन् ।

आज बिहान १० बजेसम्मको मतगणना अनुसार जनमत पार्टीले २ लाख ६१ हजार २१५ र एकीकृत समाजवादीले २ लाख ५१ हजार ४७६ मत पाएको छ । ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनासाथ भने ३ देखि ४ सिट पाउने देखिन्छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार समानुपातिकमा तीन प्रतिशत कटाएका दलहरुको मतलाई सेन्ट लग विधिबाट हिसाब गरेर सिट निकालिन्छ ।

यो विधिमा हिसाब गर्दा १, ३, ५, ७, ९ अंकले भाग गरेर विभाजन गरी भागफल (क्यास्केट) निकाली सिटको बाँडफाँट गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here