कार्यपालिका बैठक चलिरहँदा घोडाघोडीमा तालाबन्दी,कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिए
११ मंसिर, कैलाली । गएराति सरकारी आवासमा मदिरा सेवन गरी बितन्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ ।
कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरिँदा कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् । मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको हो।
गिट्टी वालुवा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको,नगरपालिकामा भ्रष्टाचार बढाएको भन्दै तालबन्दी गरिएको हो ।तालाबन्दी पछि नाराबाजी समेत भएको थियो
प्रतिक्रिया दिनुहोस्