मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

११ मंसिर, तेह्रथुम । तेह्रथुममा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा फेदाप गाउँपालिका–२ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्र बहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिनुभयो ।

frontline

म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङस्थित दशगते पार्कमा को २१ प ४२२८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकको पिलरमा ठोक्किँदा उनको मृत्यु हो ।

उनको उपचारका लागि धरान लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here