बागलुङ १ बाट चित्रबहादुर केसी निर्वाचित

७ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार केसी २१ हजार ४ सय ४८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य पाठकले १८ हजार ९ सय १३ मत ल्याए । बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here