झापाको ५ निर्वाचन क्षेत्रको पाँच वटै अलगअलग ठाउँमा मतगणना हुने

४ मंसिर, काठमाडौं । झापामा मत गणना कहिलेदेखि सुरू गर्ने भन्ने विषयमा टुंगो लागेको छैन। मतगणना स्थलमा मतपेटिका आइपुग्ने क्रम जारी रहेकाले मत गणनाको टुंगो नलागेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले बताए।

निर्वाचन आयोगले आइतबार रातिबाटै मतगणना सुरू गर्न निर्देशन दिएको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा मतपेटिका आइनपुगेका कारण गणनामा विलम्ब हुने बताएको छ।

frontline

‘मतगणना स्थलमा मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर ल्याइसकेपछि जिल्लास्थित सबै राजनीतिक दलको बैठक बस्छ। बैठकको निर्णयअनुसार गणना सुरू हुनेछ,’ प्रमुख नेपालले भने।

सबै निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइसकेपछि एकसाथ गणना सुरू हुन सक्ने उनले जानकारी दिए।

झापाको ५ वटा निर्वाचन क्षेत्रको पाँच वटै अलगअलग ठाउँमा मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ।

झापा निर्वाचन क्षेत्रमा आएको मतपेटिका मेची नगरपालिकामा मत गणना हुनेछ।

यस्तै दुई नम्बर क्षेत्रको अर्जुनधारा नगरपालिकाको कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयबाट मत गणना हुनेछ।

यता झापा निर्वाचन क्षेत्र नम्बर ३ को चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा गणना हुनेछ भने निर्वाचन क्षेत्र नम्बर ४ को कनकाई नगरपालिकाको कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयबाट गणना हुने मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ को दमक नगरपालिकाको कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयबाट गणना हुने निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले बताए।

मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। 

मतपत्रको गणना गर्ने कर्मचारी, सिसी टिभी क्यामरा, गणनास्थलको सुरक्षाका लागि तारजाली, यथेष्ट सुरक्षाकर्मी, वैकल्पिक ऊर्जा लगायतको आधारभूत आवश्यकताको सम्पूर्ण तयारी पूरा भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here