तेह्रथुममा मतदान गर्न लाइन बसेका वृद्धको मृत्यु
४ मंसिर, तेह्रथुम । तेह्रथुममा मतदान गर्न गएका एक ८८ वर्षका वृद्धको ज्यान गएको छ ।
लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा मतदान गर्न पुगेका वृद्धको लाइन लाग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएकाे छ । मृत्यु हुनेमा स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बू रहेका छन् ।र
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले पनि वृद्धको ज्यान गएको पुष्टि गरे ।
वृद्धको मृत्युको कारण खुल्न सकेको छैन घटना सम्बन्धमा थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्