धनुषाको बौकु मावि केन्द्रमा रोकियो मतदान
४ मंसिर, जनकपुरधाम । धनुषाको कमला नगरपालिका–६, बिलटस्थित बौकु मावि मतदान केन्द्रमा मतदान रोकिएको छ ।
यहाँको ‘ख’ मतदान केन्द्रमा सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र नदिएर प्रदेशसभातर्फको दिँदा विवाद भएको थियो ।
त्यति बेला ७० मत खसिसकेको थियो । मतदान पुनः सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्