अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ नेता सीबीच बालीमा भेटवार्ता हुँदै

२८ कार्तिक, बाली । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ ।

दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता हुन लागेको हो । मंगलबारदेखि सुरु हुने जी २० बैठकका लागि दुबै नेताहरू इन्डोनेसियामा छन् ।

frontline

सन् २०२० मा बाइडेनले पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हुनेछ । गत महिना कम्युनिष्ट पार्टीको महाअधिवेशनपछि आफ्नो शक्तिलाई थप सुदृढ पारेका थिए । सी माओ त्सेतुङपछिको सबैभन्दा बलियो चिनियाँ नेताको रूपमा बाइडेनसँग भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here