बैतडीमा भूकम्प जाँदा घर बाहिर भाग्न लागेका व्यक्तिको लडेर मृत्यु

२७ कात्तिक, काठमाडौं । बैतडीमा शनिबार राति ८ बजेर १२ मिनेटमा भूकम्प जाँदा घर बाहिर भाग्न लागेका व्यक्तिको लडेर मृत्यु भएको छ ।

भूकम्पको धक्का महशुुस भएका बेला घरबाहिर निस्किदा घरको सिडिबाट लडेर जिल्लाको डिलासैनी गाउँपालिका–१ सेल्तडाकाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो ।

frontline

भूकम्पको धक्का महशुस भएकै बेला आत्तिएर घर बाहिर निस्किन खोज्दा लडेर उनको मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए ।

मृतक लुहारको टाउकोमा चोट लागेको छ । गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने तयारी गर्नै लाग्दा मृत्यु भएको परिवारीक श्रोतले जनाएको छ ।

गाउँपालिका अध्यक्ष जोशी, उपाध्यक्ष भगीरथ बोहरालगायतको टोलीले मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरेको छ ।

यस्तै नेपाल रेडक्रस सोसाइटी, स्काउटलगायतका संघसंस्थाले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेको पनि बताइएको छ ।

शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बैतडीसहित सुदूरपश्चिममा ठूलो धक्का महशुस गरिएको थियो । बझाङको पाटादेवल केन्द्रबिन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here