तान्जानियाली विमान तालमा दुर्घटनाग्रस्त, दुई पाइलटसहित १७ जना बेपत्ता

२० कात्तिक, बुकोबा । तान्जानियाको बुकोबा सहरमा अवतरणको क्रममा तान्जानियाली यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको छ । प्रिसिजनको एयरको उडानमा रहेको यस विमानमा ४३ जना सवार थिए । ती मध्ये २६ जनालाई उद्धार गरी अस्पतालमा पु¥याइएको छ ।

उद्धारकर्मी र स्थानीय माझीहरुले घटनास्थलमा जीवित यात्रुहरुको खोजी गरिरहेका छन् । विमान करिब पूर्णतः तालमा डुबेको छ भने यसको खैरो र हरियो रंगको पुच्छर मात्र पानी माथि देखिएको छ ।

frontline

बुकोबा विमानस्थलको एउटा धावनमार्गको पुछार तालको किनारसँग जोडिएको छ ।
 
अफ्रिकाकै सबैभन्दा ठूलो भिक्टोरिया तालबाट एटीआर–४२ विमानलाई बाहिर निकाल्न आपतकालीन कार्यकर्ताहरु त्यसलाई डोरीले बाँधेर तान्ने प्रयासमा रहेका छन् । क्षेत्रीय उच्च अधिकारी अल्बर्ट चालामिलाले भनेका छन्, “हामीले कतै ल्यान्डिङ गियर अड्केको त छैन भन्ने हेर्न चाहेका छौँ । त्यस्तो स्थितिमा हामीले थप प्राविधिक सहयोग मागेर विमानलाई पानीबाट निकाल्न सक्छौँ ।”
 
दुईजना पायलट र चालकदलका अन्य दुई सदस्यसहित १७ जना व्यक्ति अझै बेपत्ता रहेका बीबीसीले लेखेको छ । 
 
राष्ट्रपति सामिया सुलुहु हस्सनले पीडितहरुप्रति दुःख व्यक्त गर्दै उद्धार कार्य जारी रहेकाले सम्बन्धित सबै पक्षलाई शान्त रहन आह्वान गरेकी छन् । तान्जानियाको सबैभन्दा ठूलो सहर दास एस सलामबाट मवान्जा हुँदै बुकोबातर्फ उड्ने क्रममा विमानले आँधिहुरी र भीषण वर्षाको सामना गर्नुपरेको थियो ।
 
तान्जानियाको सबैभन्दा ठूलो निजी एयरलाइन प्रिसिजन एयरमा आंशिक रुपमा केन्या एयरवेजको पनि लगानी रहेको छ । सन् १९९३ मा स्थापना भएको यस एयरलाइनले आन्तरिक र क्षेत्रीय उडान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here