धनुषामा बोलेरो दुर्घटना, नवजात शिशुको मृत्यु, ६ जना गम्भीर घाइते

२० कात्तिक, जनकपुरधाम । धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर रूपमा घाइते भएका छन्। 

धनुषाको जनकपुरधाम ढल्केवर (उत्तर दक्षिण) सडक खण्डमा बेलेरो दुर्घटना हुँदा एक जना शिशुको दुर्घटना स्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका हुन्।    

frontline

जिल्लाको लक्ष्मिनियाँ गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। 

दुर्घटनामा परी मृत्यु भएको नवजात शिशुको हिजो मात्र जन्म भएको प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए। गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न सकेको छैन्।

जनकपुरधामबाट ढल्केबर गइरहेको टाटा सुमो बोलेरो लक्ष्मिीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको डीएसपी क्षेत्रीले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्‍याइएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here