मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१, लोकन्थली चोक नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ का २७ वर्षीय पुण्यबहादुर बोहरा रहेका छन्। 

frontline

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ। 

काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो। 

ठक्कर दिएर फरार रहेका मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here