महालक्ष्मी नगरपालिका लेआइसोलेसन तयार गर्दै
नगरवासिको स्वास्थ पहिलो प्राथमिकता
हाइ केयर आइसोलेसन वार्ड संचालनमा ल्याउन लागेको हो । नगरवासिको स्वास्थलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको नगरपालिकाले कोरोना महामारी न्यूनीकरणका निमित्त १९ बुदे अपिल सहितको जनचेतना अभियान समेत सुरु गरेको छ ।
नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठका अनुसार हालसम्म ३३२ सकृय कोरोना संक्रमित महालक्ष्मी नगरपालिकामा रहेका छन जस मध्य ३१२ जना होम आइसोलेसनमा र २० जना अस्पतालमा उपचाररत छन।
होम आइसोलेसनमा रहेका संक्रमितहरुका लागि नगरपालिकाले चिकित्सक सेवा ,मनोबिद द्वारा मनोसामाजिक परामर्श सेवा र २४ घन्टा एम्बुलेन्स सेवा निशुल्क प्रदान गर्दै आएको छ ।
निशुल्क सेवा संगै नगरपालिकाले आफ्ना १० वटै वडाहरुमा निर्वाचित जनप्रतिनिधिहरुको प्रत्यक्ष निगरानिमा डेडिकेटेड स्वास्थ कर्मी परिचालित गरि कन्ट्याक्ट् ट्रेसिङ्ग लाई तिब्रता दिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
निशेधाज्ञाको मौका उठाइ खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री, अक्सिजन तथा औसधिजन्य सामाग्रीहरुमा कालोबजारी हुन नदिन नगरपालिकाले अनुगमन समितीलाई समेत सक्रियता दिएको जनाएको छ
प्रतिक्रिया दिनुहोस्