भारतमा भन्दा नेपालमा धेरै महंगी : राष्ट्र बैंक

५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्ष २०७९/८० को २ महिनाको ‘आर्थिक तथा वित्तीय स्थिति’ तथ्यांकअनुसार नेपालमा भारतको भन्दा धेरै महँगी बढेको छ ।

साउन र भदौ महिनाको तथ्यांकअनुसार नेपालको मुद्रास्फीति (महँगी) ८.६४ प्रतिशतले बढेको छ । तर, यही समयमा भारतमा महँगीको दर ७.४१ प्रतिशत रहेको छ ।

frontline

यो नेपालको भन्दा कम महँगी हो । गत वर्षको २ महिनाको अवधिमा नेपालको महँगी ३.४९ प्रतिशतले बढेको थियो । यसअवधिमा नेपालमा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत छ । यस्तै,फलफूलको मूल्य १७ प्रतिशतले बढेको छ भने घ्यू तथा तेलको मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसैगरी रेष्टुरेन्ट तथा होटलको मूल्य १२.३० प्रतिशत बढ्दा मदिराजन्य पेय पदार्थको मूल्य १०.२४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here