पालिकास्तरीय भलिबलको उपाधि खानीखोलाले जित्यो

५ कात्तिक, काभ्रे । काभ्रेमा सञ्चालन भएको अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिकाले जितेको छ।  

कार्तिक ३ गतेदेखि कार्तिक ५ गतेसम्म पनौतीमा प्रतियोगिता सञ्चालन भएको थियो। शनिबार फाइनल खेलमा महाभारत गाउँपालिका सोझो ३ सेट नै जितेर खानिखोला गाउँपालिकाले पहिलो उपाधि जितेका छन्। 

frontline

फाइनल खेलमा बेस्ट अफ ३ सेटमा २६-२४, २५-११ र २५- १४ को सोझो सेटमा महाभारत गाउँपालिकालाई पराजित गरी खानिखोला गाउँपालिकाको टिम प्रथम भएको हो।

फाइनल खेलमा महाभारत दोस्रो र बेथानचोक गाउँपालिकाको टिम तेस्रो भएको छ। 

खेलमा प्रथम टिमले ट्रफी, मेडल र नगद ५५ हजार ५५५, दोस्रो टिमले ३० हजार नगद र तेस्रो हुने टिमले १० हजार नगद, प्रमाण पत्र र मेडल पाएका छन्। 

पालिका स्तरको भलिबल खेलमा जिल्लामा १३ पालिका र आयोजक टिमको एक टिम गरी १४ टिमबीच प्रतिस्पर्धामा खेल सञ्चालन भएको थियो।

खेलमा विभिन्न १० बिदामा उत्कृष्ट हुने खेलाडीलाई १० हजार पुरस्कारसँगै मेडल र प्रमाणपत्र वितरण गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here