नेप्सेमा सामान्य गिरावट

३ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक सामान्य घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्सेसूचक १.३८ अंकले घट्दै १८४४.१४अंकमा झरेको हो ।

तर, यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने झिनो (०.०९ अंक) ले बढ्दै ३६३.०५ अंकमा उक्लिएको छ । समान्य अंकले घटेको बजारमा आज कारोबार रकम समेत ५० करोड ७६ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ ।

frontline

आज ट्रेडिङ डेभलपमेन्ट बैंक र इन्भेष्टमेन्ट समूहको उपसूचक धनात्मक भएका छन् भने १० वटा उपसूचक ऋणात्मक भएका छन् ।

बैंकिङ समूहको उपसूचक ०.०१ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ०.२४ प्रतिशतले, हाइड्रोपावर ०.५३ प्रतिशतले, फाइनान्स ०.२१ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा बढी सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९.९७ प्रतिशतले कमाएका छन् भने सेन्चुरी डिभेन्चरका लगानी कर्ताहरूले७.७३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here