आमा डबलम हिमाल क्षेत्रमा तीन दिनदेखि बेपत्ता आराेहण सहयाेगी शेर्पा मृत भेटिए
२ कार्तिक, सोलुखुम्बु । सोलुखुम्बुको आमा डबलम हिमाल क्षेत्रमा तीन दिनदेखि बेपत्ता आराेहण सहयाेगी (क्लाइम्बिङ शेर्पा) मृत भेटिएका छन् ।
मृत भेटिनेमा सङ्खुवासभाको मकालु गाउँपालिका ९ का ३९ वर्षीय मिङमा ओङदी शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर शाहका अनुसार सेभेन समिट ट्रेकिङ अफिसमार्फत आमा डबलम हिमाल आरोहण गर्न आएका शेर्पा आरोहण सकेर फर्कने क्रममा गएकाे असोज ३१ गते बेपत्ता भएका थिए ।
उनको खोजी गर्ने क्रममा आज (बुधवार) हिउँमा पुरिएकाे अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको कानुनी प्रक्रिया पूरा गरी पाेस्टमार्टमका लागि हेलिकप्टरबाट काठमाण्डौको त्रिवि शिक्षण अस्पताल लगिएको लुक्ला प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्