बागमती प्रदेशबाट सबैभन्दा धेरै मतदाता, सबैभन्दा कम कर्णाली प्रदेशमा
१ कार्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बागमती प्रदेशबाट सबैभन्दा धेरै मतदाता सहभागी हुँदैछन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार बागमतीमा सबैभन्दा धेरै मतदाता रहेका हुन् । विवरणअनुसार आगामी निर्वाचनमा बागमतीबाट ३४ लाख ७१ हजार ४९२ मतदाता रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट १० लाख ८ हजार ४०३ जनाले मतदान गर्नेछन् ।
आयोगको विवरणअनुसार बागमतीपछि प्रदेश १ मा मतदाताको संख्या बढी रहेको छ । प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५, मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८, लुम्बिनीमा ३२ लाख ४९ हजार ६३७, गण्डकीमा १८ लाख १७ हजार ५७१ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्