कांग्रेसले थप्यो बागी उम्मेदवारी फिर्ता लिने समय

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै ४ कात्तिकभित्र वक्तव्यमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने उल्लेख गरेका छन् ।

frontline

कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवार रहेको ठाउँमा बागी उम्मेदवारी दिनेलाई निष्कासनको कारबाही गरेको थियो । यदि उम्मेदवारी निष्क्रिय बनाए भने कारबाही नगर्ने कांग्रेसको भनाइ छ ।

सत्ता गठबन्धनले २६ असोजभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here