लुभुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२९ असोज, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सर्लाही घर भएका २६ वर्षीय मोहनबाबु खत्री रहेका छन्। गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा किष्ट अस्पताल इमाडोलमा राति नै मृत्यु भएको हो। 

frontline

इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बा९३प ८९० नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भई घरको भित्तामा ठोकिएको प्रहरी प्रभाग लुभु ललितपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here