सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल
२८ असोज, काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था फेरी जटिल बनेको छ ।
जोशीको अक्सिजनको मात्रा घटेपछि उहाँलाई पुनः आईसीयूमा लगिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको हाे ।
गत बुधबार स्वास्थ्य अवस्थामा केही सुधार भएपछि आईसीयूबाट क्याबिनमा सारिएको थियो ।
डेंगु संक्रमण भएपछि उहाँलाई ३ साता अघि अस्पताल भर्ना गरिएको थियो । अहिले जोशी १ सय ३ वर्षकाे हुनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्