नेप्सेमा पहिरो !

बैंक, वित्त र लगानी बाहेकका सबै समूहको परिसूचक घट्यो

काठमाण्डु – साताको अन्तिम दिन शेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेको छ । परिसूचक घटेपनि कारोबार रकम बढेको छ । आज १२ दशमलव ४७ अंकले नेप्से परिसूचक घटेर २ हजार ६ सय ३७ दशमलव १३ विन्दुमा झरेको हो ।

ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७७ अंक घटेर ४सय ७३ दशमलव शून्य ४ विन्दुमा झरेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १६ प्रतिशत घटेको हो । बिहीवार ६ अर्ब १ करोड ९१ हजार रुपैँया बराबरको १ करोड ५९ लाख ८० हजार ८ सय १५ कित्ता शेयर कारोबार भएको छ ।

frontline

कारोबार भएका २ सय १६ ओटा कम्पनीको ८० हजार १ सय ४१ पटकको व्यापारमा भएको हो । दोहोरो अंकले घटेको बजारमा यो दिन बैंकिङ, वित्त र लगानी समूह बाहेकका सबै समूहको परिसूचक घटेको छ ।

यसदिन बैंकिङ समूहको शून्य दशमलव ४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३१ प्रतिशत र लगानी समूहको शून्य दशमलव १५ प्रतिशत परिसूचक बढेको हो । बिहीवार जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

जलविद्युत् समूहको परिसूचक यसदिन सर्वाधिक १ दशमलव ८६ प्रतिशत घटेको हो । त्यस्तै ,व्यापार समूहको १ दशमलव ६ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ३४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६६ प्रतिशत परिसूचक घटेको छ ।

त्यसैगरी अन्यको १ दशमलव १५ प्रतिशत, लघुवित्तको १ दशमलव १६ प्रतिशत, जीवन बीमाको १ दशमलव ३८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५७ प्रतिशत परिसूचक घटेको छ । विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ भने सिंगटी हाइड्रोको ९ दशमलव शून्य ७ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here