निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्‍यो (सूचीसहित)

२७ असोज, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले बुधबार निर्वाचनको कार्यतालिकाअनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आयोगका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर प्रतिनिधिसभार्फत ११९ र प्रदेशसभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

frontline

अब प्रतिनिधिसभातर्फ ११९ जनाले फिर्ता लिएसँगै २ हजार ४१२ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार १८७ जना पुरुष र २२५ जना महिलाको उम्मेदवारी कायम भएको छ ।

यसका साथै प्रदेशसभातर्फ पनि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर २५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । योसँगै ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार ९४३ जना पुरुष, २८० जना महिला तथा एक जना अन्यको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ ।

उम्मेदवारहरूको सूचीः

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here