राष्ट्रपति भण्डारी अस्पताल भर्ना

२२ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। डेंगुको लक्ष्ण देखिएपछि उनी आज विहान ११ बजे महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना भएकी हुन्।

शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई एनेक्स २ को बेड ६०१ मा भर्ना गरिएको छ।

frontline

उपचार संलग्न डा. निरज बमले राष्ट्रपति भण्डारीलाई डेंगुको लक्ष्ण देखिएको बताए। ‘तीन चार दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने लक्ष्ण देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो,’ डा. बमले भने, ‘रगतलगायतका परीक्षण गरेका छौं। ल्याबाट रिपोर्ट आएपछिमात्रै के भएको थाहा हुन्छ।’ उनले आफूहरु रिपोर्ट कुरिरहेको बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here