इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

१९ असोज, तेह्रथुम । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए। उनको घट्नास्थलमै मृत्यु भएको हो ।

frontline

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here