बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

१८ असोज, उदयपुर । गएको भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२, खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत)को शव आइतबार भेटिएको छ । उनको शव बेपत्ता भएको ३८ दिनपछि फेलापरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गएको भदौ ९ गतेदेखि बेपत्ता थिइन् ।

frontline

उनको कंकाल  बेलका नगरपालिका–८, सेतीखोलास्थित माछापुच्छ्रे सामुदायिक वनमा रुखमा झुन्डिएको अवस्थामा स्थानीयवासीले फेलापारेका थिए ।

डीएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

राउत गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here