पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी

फाइल तस्बिर

१६ असोज, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

frontline

पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको थियो ।

आफ्ना एक सहयोगीलाई गैरकानूनी तरिकाले पक्राउ गरी कारबाही गरिएकोप्रति खानले सार्वजनिक कार्यक्रम मार्फत आक्रोश पोख्नुभएकाे थियाे । सोही बहानामा उहाँ विरुद्ध प्रतिआतंकवाद कानून अन्तर्गत पक्राउ गर्न माग गर्दै उजुरी गरिएको थियो ।

तर उक्त मुद्दाको सुनुवाईका क्रममा अदालतले भने आतंकवाद विरोधी प्रावधान हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here