धादिङ नीलकण्ठमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ जना घाइते

१५ असोज, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार मध्याह्न ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । 

जिल्ला अस्पताल धादिङका अनुसार मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३५ वर्षका इन्द्रजीत पासी र २५ वर्षका सद्दाम अन्सारी रहेका छन् ।

frontline

घाइतेमध्ये वर्ष २२ का विनोद चमार, वर्ष २८ का तुलसीराम पासीलाई रिफर गरिएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा दिनेश रेग्मीले जानकारी दिए ।

कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए ।

दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए । घाइतेमध्ये ३ को मध्यम र अन्यको अवस्था सामान्य रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here