कञ्चनपुर, सर्लाही र काभ्रेमा तीनजना मृत फेला
१४ असोज, काठमाडौं । कञ्चनपुर, सर्लाही र काभ्रेमा तीनजना मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाटा बस्ने ६० वर्षीय पदम कठायत आफ्नै घर नजिक सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी सर्लाही, लालबन्दीनगरपालिका–१४ बस्ने सुकमान पाख्रिनको छोरा ८ वर्षीय सोनाम पाख्रिन सोही ठाउँस्थित इनर भन्ने स्थानको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बुधबार फुटबल खेल्न भनेर घरबाट हिँडेका उनी घर फर्केर नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । काभ्रे, भुम्लु गाउँपालिका–१ सापिङ रिष्ठे बस्ने ७५ वर्षीय दधिराम श्रेष्ठ सोही ठाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बिहीबार बिहान घरनजिकै रहेको आफ्नै बारीमा काम गर्न गएका उनी साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्