भक्तपुरमा मासु पसलको अनुगमन : अधिकांश पसलले दर्ता नविकरण र सरसफाइमा ध्यान नदिएको

१२ असोज, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलबिनायकमा रहेको आठवटा मासु पसलहरुको बुधबार अनुगमन गरिएको छ । अनुगमनमा अधिकांश पसलहरुले दर्ता नविकरण र सरसफाइमा ध्यान नदिएको पाइएको संयोजकले गोराले बताए ।

साथै सरसफाइमा ध्यान दिन र भुँइ, भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राख्न, तराजु नविकरण नभएकाले नविकरण गर्न, मासु सफा गरेको पानी ढलनिकासमा सजिलै जाने गरी निकासको व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न र कामदारलाई बुट र पञ्जाको व्यवस्था गर्न निर्देशन दिएको बताए ।

frontline

अनुगमनमा कार्यविनायक मिट सप र सिद्धिगणेश मिट सप नविकरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, मासु झिंगाले नभन्किने गरी र धुलो नपस्ने गरी जाली वा सिसाको बाकस बनाइ व्यस्थित गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दिई तीन दिनभित्र नविकरणन कागजात लिइ कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जनाए ।

कमलबिनायक मिट सपमा दर्ता नभएको र तराजु दुईवटा नापतौल विभागमा नविकरण नभएकोले तराजु दुईवटा जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइ पसल दर्ता गर्न, तराजु नविकरण गर्न, मुल्य सूची राख्न, एप्रोन सेतो प्रयोग गर्न, भुँइ भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राखी पसल व्यवस्थित र सफा गर्न निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए । 

उनका अनुसार जुजु मिट मार्ट नविकरण गर्ने र सेतो एप्रोन प्रयोग गर्न निर्देशन दिइएको छ। त्यस्तै नविन मिट सप नविकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न र तराजु नविकरण नभएकाले जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन पनि निर्देशन दिइएको छ।

सुरेन्द्र मिट सप पसललाई व्यवस्थित गर्ने र सफा गर्न पनि सुझाव दिएको छ। कमलबिनायक मिट सप नविकरण कागजात नभएकोले कागजात लिएर तीन दिनभित्र उपस्थित हुन र मुल्य सूची राख्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो । त्यस्तै विकास मिट सप एप्रोन सेतो प्रयोग गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दियो । 

अनुगमनमा अनुगमन समितिका सदस्य ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका नगर निरीक्षक दिलिप कुमार सुवाल, वडा निरीषक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उद्योग बाणिज्य संघ भक्तपुरका राजेश त्वानाबासु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बरिष्ठ सहायक निरिक्षक नारायण बहादुर चुवान र भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपालक्ष्मी प्रजापतिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here