मष्टा सहकारीको व्यवस्थापक १८ लाख ८८ हजार नगद लिएर सम्पर्कविहीन

१० असोज, धनगढी । धनगढीमा सञ्चालित मष्टा बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक सहकारीको पैसा लिएर सम्पर्कविहीन भएका छन् । धनगढी ३ चटकपुरमा रहेको सहकारी संस्थाका व्यवस्थापक  शिवराज खैर १८ लाख ८८ हजार नगद रुपयाँ लिएर सम्पर्कविहीन भएका हुन् ।

ग्राहकहरुले बचत रकम माग गर्दा दुई/चार दिनमा चेकको भुक्तानी दिने भन्दै आलटाल गरेपछि रहस्य खुलेको बचतकर्ता सुरेन्द्र बोहराले बताए । “एक/दुई दिन भन्दै तीन महिनासम्म पनि सहकारीले चेक साटेको छैन,” बोहराले भने, “अहिलेसम्म हामीलाई कुनै सहकारी प्रशासनले कसैले प्रतिक्रिया दिएन ।”

frontline

आइतबार मष्टा सहकारीले रकम दिने भनि बोलाएको तर नदिएको बचतकर्ताको गुनासो छ । सबैको पैसा दिने भनेका म्यानेजर सम्पर्कविहीन भएको बचतकर्ता सुरज विकले बताए । बचतकर्ताहरुले रकम नपाएपछि आइतबार कार्यालयमै सहकारी संस्थाका अध्यक्ष हिक्मतबहादुर दर्जीलाई तालाबन्दी गरी थुनेका थिए ।

तालाबन्दी गरेपछि अध्यक्ष दर्जी पछाडिको ढोकाबाट बाहिर निस्केका थिए । रकम जोखिममा परेपछि बचतकर्ताहरुले प्रहरीमा उजुरी दिने भएका छन् । सहकारी संथाका अध्यक्ष दर्जीले म्यानेजरले पैसा लिएर बेपत्ता भएको स्वीकार गरेका छन् । 

बचतकर्ताको रकम जसरी पनि दिने प्रतिबद्धतापछि मात्रै बचतकर्ताहरु शान्त भएका छन् । आइतबार दिनभर सहकारीको कार्यालय तनावग्रस्त भएको थियो । बचतकर्ताहरुले हुलदङ्गा गरेपछि प्रहरी आएर भीड नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here