कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आजदेखि अवकाश लिदै
९ असोज, काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आजदेखि अवकाश लिदैछन् ।
उमेरहदका कारण असोज १६ गते अनिवार्य अवकाश पाउन लागेका कार्कीलाई आज सर्वोच्च अदालतमा औपचारिक कार्यक्रम गरी विदाइ गरिदैछ ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले आज तीन बजे विदाइ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
भोलि सोमबार घटस्थापना र अदालत कोजाग्रत पूर्णिमासम्म बिदा हुने भएकाले आज विदाइ कार्यक्रमको आयोजना गरिएको सर्वोच्चले जनाएको छ । गत फागुन १ देखि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्