मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको फुटबल टोली नेपालमा

८ असोज, एजेन्सी । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली गएराति नेपाल आएको छ ।

बङ्गलादेशको टोली राति साढे १२ बजे नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । टोलीलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

frontline

नेपाल र बङ्गलादेशबीच असोज ११ गते मङ्गलवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुनेछ । अस्ति बिहीवार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको टोली सिधै नेपाल आएको हो ।

यो खेलमा बङ्गलादेशले कम्बोडियालाई १–० ले हराएको थियो । नेपाल र बङ्गलादेश झण्डै एक वर्षपछि खेल्न लागेका हुन् ।

मैत्रीपूर्ण खेलका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here