नेपाली कांग्रेस कन्फ्युजड : नेता सुवास नेम्वाङ

नेता सुवास नेम्वाङद्वारा प्रतिपक्षी नेपाली कांग्रेस छिट्टै निर्वाचन हुनुपर्ने पक्षमा रहेको विश्लेषण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सुवास नेम्वाङले प्रतिपक्षी नेपाली कांग्रेस छिट्टै निर्वाचन हुनुपर्ने पक्षमा रहेको विश्लेषण गरेका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुबीच भएको भेटमा नेम्वाङ पनि सहभागी थिए ।

frontline

उक्त भेटपछि उनले कांग्रेसको मनोदशा विश्लेषण गर्दा छिट्टै निर्वाचन होस् भन्ने रहेको बताए । “नेपाली कांग्रेस कन्फ्युजड छ । उसका विषयमा विभिन्न प्रश्न उठ्ने पनि गर्छन् । उहाँहरुलाई सरकारको रहर पनि छ । सरकारमा जानेभन्दा पनि आफैँ प्रधानमन्त्री हुनुपर्‍यो । प्रधानमन्त्री कसरी बन्ने भन्ने पनि होला, तर, उहाँहरुले अहिले नै निर्वाचन चाहेको जस्तो पाएँ ।

संसद्मा विश्वासको मत लिन यही वैशाख २७ गतेको मिति तय गरेका प्रधानमन्त्री ओली बुधबार पार्टीका नेताहरु प्रधानमन्त्री कार्यालय हेर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेल र पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङलाई लिएर बूढानीलकण्ठ पुगेका थिए ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

भेटमा ओलीले विश्वासको पक्षमा मतदान गर्न कांग्रेसलाई प्रस्ताव राखेका थिए । तर,  देउवाले उनको प्रस्ताव अस्वीकार गरे । देउवाले प्रतिपक्षी दल भएकाले आफूहरु विश्वासको मतको विपक्षमा नै उभिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here