विजयी भएर निर्वाचन खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक

३ असोज, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर सोमबार नाम सार्वजनिक गरेको हो। जसमा महानगरपालिकाका दुई सय ८ जना छन्। उनीहरूलाई जनही सात लाख ५० हजार रुपैयाँ जरिवाना भएको छ। 

frontline

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोल, विराटनगरका मेयर नागेश कोइरला तथा उपमेयर शिल्पा कार्की, भरतपुर महागनरकी मेयर रेणु दाहाल तथा उपमेयर चित्रसेन अधिकारी, विरगंजका राजेशमान सिंह तथा उपमेयर इस्तियाज आलम र पोखराका मेयर धनराज आचार्यले विवरण नबुझाएको आयोगले जनाएको छ। 

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मात्रै निर्वाचन खर्च विवरण बुझाएका छन्।


 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here