गोठाटारमा गाेली चल्यो, एक जना घाइते

सान्केतिक तस्बिर

३ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार गोठाटारको कृष्ण मन्दिर नजिकै गोली चलेको हो। 

गोली प्रहारबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ। पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएका हुन्। 

frontline

गोली लागेर सर्लाही गोडैता नगरपालिका-२ मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र पारेको छ। 

घटनास्थलमा अपराध अनुसन्धान महाशाखाको टोली र जिल्ला प्रहरी परिसरको प्रहरी टोली परिचालन गरिएको छ। घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here