काठमाडौंको हात्तीसारमा पनि टुकुचा खोलाको उत्खनन

फाइल तस्बिर

२ असोज, काठमाडौं । काठमाडौंको हात्तीसारमा पनि टुकुचा खोलाको उत्खनन गरिएको छ।

आइतबार महानगरको टोलीले डोजर लगाएर उत्खनन गर्दा हात्तीसारमा पनि टुकुचा भेटिएको हो। महानगरले काठमाडौंको जयनेपालबाट सुरु गरेको उत्खननलाई निरन्तरता दिएको हो। 

frontline

यसैबीच उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोलामाथि बनेका जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका घरहरु नभत्काउन आदेश दिएको हो। 

यसैगरी अदालतले अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर मात्र दिइने पनि भनेको छ।

त्यस्तै पुरातत्व विभागले टुकुचा खोलाको विस्तृत अध्ययन गर्ने भएको छ। टुकुचा खोला छोप्न बनाइएको संरचना कति पुरानो हो भन्नेबारे विभागले अध्ययन गर्ने भएको हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here