शक्तिशाली आँधीका कारण जापानका ३० लाख बासिन्दालाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह
२ असोज, काठमाडौं । शक्तिशाली आँधीका कारण दक्षिण पश्चिम लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ ।
आइतबार शक्तिशाली टाइफुन नान्माडोल नामक आँधी उक्त क्षेत्रतर्फ प्रवेश गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गरेका हुन् ।
आँधीले विभिन्न क्षेत्रमा असर गरेको छ । आइतबार बिहानसम्म कागोशिमा र छिमेकी मियाजाकीमा साढे २५ हजार घर विजुली विहीन भएका छन् । त्यस्तै, क्षेत्रीय रेल सेवाहरू, उडान र फेरी सेवा पनि रद्द गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्