नेपालले पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने

२७ भदौ, काठमाडौं । नेपालले पाकिस्तानलाई २ करोड रुपैयाँबराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । बाढीबाट प्रभावितका लागि नेपाल सरकारबाट पाकिस्तान सरकारलाई २ करोड रुपैयाँबराबरको राहत सामग्री दिन लागिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको हो । मंगलबार परराष्ट्रमन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल नेतृत्वको टोली पाकिस्तानमा राहत सामग्री लिएर जाँदैछ ।

frontline

यस वर्ष पाकिस्तान बाढीबाट नराम्ररी प्रभावित भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गत जुन १४ यता पाकिस्तानमा बाढीबाट १२ सयभन्दा बढीको मृत्यु भएको छ । गत शनिबार मात्रै पाकिस्तानमा बाढीले ५७ जनाको मृत्यु भएको थियो ।

गत जुलाई र अगस्टमा पाकिस्तानको दक्षिणी भेगमा ३९१ मिलिमिटरसम्म वर्षा भएको थियो । सिन्ध प्रान्तमा औसतभन्दा ४६६ प्रतिशत बढी वर्षा भएको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here