अल्मुताइरीद्वारा नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको घोषणा

२६ भदौ, काठमाडौं । अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनसम्म फुटबल प्रशिक्षक भएर काम गर्न पाउँदा खुसी, माया र पीडामा साथ दिने सबैलाई धन्यवाद दिँदै उनले आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् ।

frontline

उनले लेखेका छन्, ‘नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दुःख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।
एउटा टोली, जय नेपाल ।’

अखिल नेपाल फुटबल संघ–एन्फासँग दूरी बढेपछि उनी प्रशिक्षकबाट टाढिएका थिए । र, उनको ठाउँमा एन्फाले प्रदीप हुमागाईँलाई नेपाली टोलीको निमित्त प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here