दार्चुलामा पुन: कटान सुरु, घरहरु उच्च जोखिममा

श्रोत : ईन्टरनेट

२६ भदौ, दार्चुला । दार्चुलामा गयराती वर्षा भएर कटान पुन सुरु भएको छ।  महाकाली नदीको वहाव नेपालतर्फ आएको र लास्कु खोलामा बाढी आउने क्रम नरोकिएकोले बंगाबगड क्षेत्रमा फेरि कटान सुरु भएको हो।

बंगाबगडका केही घरहरु जोखिममा रहेका प्रमुख  जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए।

frontline

उन्ले भने, ‘अहिले कटान रोक्नका लागि अस्थाइ तटबन्धको व्यवस्थापनका विषयमा छलफल भइरहेको र जोखिमपूर्ण क्षेत्रमा नजान नागरिकलाई अनुरोध गरिएको छ ।’

नदीको वहाव नेपालतर्फ भएकोले दार्चुला सदरमुकाम खलंगा बजार जोखिममा छ । यद्धपी महाकाली किनारको पक्की तटबन्धका कारण अहिलेसम्म ठूलो क्षति हुनबाट जोगिएको महाकाली ४ का स्थानीय मानबहादुर बमले बताए । 

उनले भने, ‘दिनमा घाम लाग्छ राती पानी पर्छ । ३ दिन भइसक्यो खाना खाएका छैनौं । बाबुनानीहरुको भविस्य पनि बाढी पहिरोमै जाने भयो । छिटै सरकरले केही पहल गरिदिए हुन्थ्यो।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here