बाघको आक्रमणबाट एक वृद्वको मृत्यु

२६ भदौ, चितवन । माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।

frontline

शनिबारदेखि हराउनुभएका अधिकारी आज बिहान ८ः३० वजे मृत भेटिएका हुन्।

शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here