२४ घण्टामा १६३ संक्रमित, १३० जना निको

२५ भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७४६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

frontline

मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १२ जना र २ हजार २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ०६८ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ४३० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १२ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८४ हजार २१२ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here