खलङ्गा बंगाबगड क्षेत्रमा बाढी, डेढ दर्जन घरहरू र पुलमा क्षति, ११ जना बेपत्ता

फाइल तस्बिर

२५ भदौ, दार्चुला । अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढी आउँदा ठूलो क्षति पुर्‍याएको छ ।

शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण महाकाली नदी र लास्कु खोलामा बाढी आएको हो ।

frontline

बाढीका कारण नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

बाढीले अहिलेसम्म करिब डेढ दर्जन घरहरू र पुलमा क्षति पगेको छ । मोटर पुल र झोलुंगे पुल बगेका छन् भने केही घर कटानमा परेर बगेका छन् ।

रोकेर राखेका सवारी साधन समेत बगेको बताइएको छ । बाढीको त्रासले मानिसहरू रातिदेखि नै घरबाहिर निस्किएका छन् ।

बाढीमा ११ जना बेपत्ता रहेको जनाइएको छ भने लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

सुरक्षाकर्मीले उद्धार र खोजी कार्य जारी राखेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ । उनले बताए । हाल घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here