ब्राजिलमा डुंगा डुब्दा १४ जनाको मृत्यु, २६ जना बेपत्ता

२४ भदो, एजेन्सी । उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुंगा डुब्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् ।
माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुङ्गा कोटिजुबा टापुको सामून्द्रिक तट साउदादेमा डुबेको थियो ।




सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु बोक्ने अधिकार नभएको र गोप्य बन्दरगाहबाट समुद्रतर्फ निस्किएको थियो ।
अग्निनियन्त्रकहरुले गोताखोर, नौ वटा डुङ्गा र एक हेलिकप्टरको सहयोगमा शव निकाल्न र बेपत्ता पीडितहरूको खोजी र उद्धार कार्य सुरु गरेका थिए ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्