ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आयल निगमको आग्रह

२४ भदौ, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।

frontline

महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने घोषण गरेको थियो भने शनिबारदेखि देशभर ढुवानी रोक्ने बताएको छ ।

महासंघको मागको सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समाधानका लागि आवश्यक पहल भइरहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन निगमले अनुरोध गरेको छ ।

महासंघको मागको सम्बन्धमा निगम सञ्चालक समिति पटक-पटक छलफल भई आवश्यक निर्णय हुने क्रममा रहेको भन्दै निगमले अति आवश्यकीय पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरणमा अवरोध नगर्न निगमले आग्रह गरेको छ ।

ढुवानी व्यवसायी महासंघको आन्दोलनका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here