सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

२३ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरीले जनाएको छ।

frontline

लामिछानेउपर प्रहरी वृत्त गौशालामा गत मंगलबार जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको छ। ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा निज सन्दिप लामिछानेउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानरीक्षक (एआइजी) रविन्द्र धानुकले काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै लामिछानेलाई पक्राउ गरिने बताए।

‘सीपीएल प्रतियोगिताका लागि वेस्ट इन्डिजमा रहेका सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ पर्नेछन्। प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया त्यसपछि सुरु गर्नेछ,’ उनले भने। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here