चौतारामा कोरोना संक्रमण तिव्र गतिमा फैलँदो, रोकथामका लागि नगरपालिका प्रयासरत

फ्रन्टलाइन पालिका । कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ । आज बसेको नगर स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले निम्नानुसार निर्णयहरु गरेको छ ः
१. यस नगरको वडा नं ४ (साबिक कुबिन्डे गाबिस ५,६,७,८ र ९) वडा नं ९ कदमबास (साबिकका ९ वटै वडा)लाई शिल गर्ने ।
२. सदरमुकाम चौतारा बजारमा रहेका खाद्यान्न पसल, फलफुल तथा तरकारी पसल, मेडिकल तथा भेटेरिनरी पसल, निर्माण सामग्रीका पसल बाहेक सबै पसलहरु बन्द गराउन जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिलाई अनुरोध गर्ने ।
३. आपतकालीन सेवा चुस्त दुरुस्त राख्न नगरभित्रका एम्बुलेन्सहरु संग समन्वय गर्न नगरपालिकाका कर्मचारी रोहित शर्मा (9851234574) संक्रमित हरुसंग समन्वय गर्न नगर स्वास्थ्य शाखा प्रमुख शिव बहादुर पुरी (9841538457) लाई जिम्मेवारी दिइने ।
४. आइसोलेसन संग समन्वय गर्न कर्मचारी चिरञ्जीवी कट्टेल (9851151682) लाई सम्पर्क ब्यक्ती तोकी एमर्जेन्सी सेवा चुस्त राख्ने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here