म्यादी प्रहरी भर्नाका लागि भदौ ३० गते आवेदन खुल्ने

२१ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि यही भदौ ३० गते आवेदन खुला हुने भएको छ।

म्यादी प्रहरीको छनोट तालिकाअनुसार भदौ २६ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भदौ ३० देखि असोज ६ गतेसम्मका लागि आवेदन खुलाइने भएको हो।

frontline

आवेदन दिएकाहरूलाई असोज ७ गते सम्पर्क राख्न अनुरोध गरिने भएको छ। तालिकाअनुसार असोज ९, ११, १२, १३ र १४ गते ५ दिन भित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा गरिनेछ।

असोज २५ गते नतिजा प्रकाशन गरिनेछ भने असोज २७ र २८ गते नियुक्ति पत्रको तयारी गरिनेछ। असोज ३० गते नियुक्ति पत्र वितरण गरिनेछ भने म्यादी प्रहरीको तालिम थालिनेछ।

कात्तिक ८ गते तालिम सम्पन्न गरी कात्तिक ९ गते युनिफर्ममा प्रहरीसँग डिउटीमा खटाइनेछ। चुनाव सम्पन्न भएपछि मंसिर ८ गते म्यादी प्रहरीलाई बिदा गरिने तालिकामा उल्लेख छ।c

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here